जेनजी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छ : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

बुधवार अपराह्न सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

काठमाडौँमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठुलो क्षति भएको मन्त्री घिसिङको भनाई थियो । उनले क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान नै सञ्चालन गर्ने कार्ययोजना रहेको पनि बताए ।

मन्त्री घिसिङले भने ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ । देशविदेशमा रहेका सबै नेपाली जनताहरूले देशलाई समृद्धितर्फ ल्याउनलाई हामीले पनि योगदान गर्नुपर्छ भन्ने यो अभियान हुनेछ । त्यसबाट नपुगे सरकारले अरू पनि व्यवस्था गर्छ । ठुलो क्षति भएको छ । यहाँ काठमाडौँमा मात्र होइन, देशभरि क्षति भएको छ । त्यो क्षतिको जुन एसिस्मेन्ट छ । त्यो चाँडै आउँछ ।’

मन्त्री घिसिङले सरकारले क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =