लोसपाले संविधान दिवसमा जेनजी आन्दोलनका मृतकप्रति शोक व्यक्त गर्ने

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले संविधान दिवसका दिन जेन जी आन्दोलनमा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्ने भएको छ ।

बुधवार काठमाडौँमा बसेको पार्टी पदाधिकारीले बैठकले यस्तो निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता आभास लाभले जानकारी दिए ।

साथै बैठकले जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

उनले भने ‘जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति गहिरो शोक एवं श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यही असोज ३ गते पर्न गएको संविधान दिवसलाई शोक दिवसको रूपमा मनाउने आजको बैठकले निर्णय गरेको छ ।’

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७३ जनाको मृत्यु हुनुका साथै सयौँ युवा घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =