असोजका लागि वाणिज्य बैङ्कहरूले गरे नयाँ ब्याजदर निर्धारण

काठमाडौँ । वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैङ्कहरूले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध ब्याजदर घटेको छ ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैङ्कहरूले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैङ्कहरूले चालु आर्थिक वर्षको सुरुदेखि नै ब्याजदर घटाउने क्रममा निरन्तरता दिएका हुन् ।

असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बैंकले भदौ महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् । दुई वटा बैङ्कहरूले भने ब्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५.२५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

५ वटा बैंकले सबैभन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमवी र हिमालयन बैकले ६ प्रतिशत ब्याजदर दिन लागेका हुन् । यीमध्ये एनआईसी एसियाले ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत ब्याजदर कायम गरेको हो भने अन्य बैकहरुको भदौ महिनाकै यथावत् हो ।

प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, नविल बैंकले पनि समान ५.५ प्रतिशत ब्याजदर कायम गरेको छन् । यी बैङ्कहरूले भदौकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै ब्याजदर यथावत् राखेका छन् । भदौमा प्रभुले ५.३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

सानिमा, एभरेष्ट, सिटिजन, नेपाल बैंक, लक्ष्मी सनराईज बैंकले समान ५.२५ प्रतिशत ब्याजदर तोकेका छन् । यसैगरी नेपाल एसवीआईले ५.१८, कृषि विकास बैंकले ५.०५ र कुमारी बैंकले ५.०१ प्रतिशत ब्याजदर असोज महिनाको लागि तोकेका छन् । भदौमा सानिमा र एभरेष्टको समान ५.७५, सिटिजनको ५.५, नेपाल बैकको ५.४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५.२५, कृषि विकास बैकको ५.२ र कुमारी बैकको ५.२१ प्रतिशत ब्याजदर तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =