जेनजी प्रदर्शनका घाइतेका लागि रक्तदान कार्यक्रम

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनमा घाइते भएका बिरामीहरूका लागि भनेर फास्ट फुड एसोसिएसन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

२३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका घाइतेहरूलाई रगतको अभाव नहोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको एसोसिएसनका अध्यक्ष होमराज श्रेष्ठले बताए ।

उनकाअनुसार बुधवार बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान गर्न सकिनेछ । उनले उपचाररत युवाहरूलाई रगतको अभाव हुन नदिन रक्तदान गरी सहयोग गरिदिन सबैलाई आग्रह समेत गरे ।

जेन–जी आन्दोलनका मृत्यु हुनेको संख्या ७३ पुगेको छ । सयौँ युवाहरू उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =