जेन-जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो
२०८२ असोज १ गते

काठमाडौँ । जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
बुधवार सिंहदरबारसहित सरकारी कार्यालय, कूटनीतिक नियोगहरूमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो ।
सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरूमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार ९आज० सार्वजनिक बिदा समेत दिएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।
२०८२ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








