गाँजासहित दुई भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित आज दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले भने “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो नौ सय १५ ग्रामसहित उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको हो ।”

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =