पार्टी केन्द्रीय कार्यालय पुगे प्रचण्ड (तस्बिरहरू)
२०८२ भदौ ३१ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन् ।
आज उनले आगलागीबाट क्षति पुगेको पार्टी कार्यालयको अवलोकन गरेका हुन् ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले देशभरिका कार्यकर्ता तथा शुभेच्छुकहरूको सहयोगमा नयाँ तथा आधुनिक कार्यालय निर्माण गरिने जानकारी दिए ।
प्रचण्डका अनुसार बैठकका माइन्युट, पुस्तकालयका केही अंश तथा केही कम्प्युटरहरू सुरक्षित छन् । उक्त सामग्रीहरू जोगाउन योगदान दिने कर्मचारी र कार्यकर्ताप्रति उनले आभार व्यक्त गरे ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








