राष्ट्रपति पौडेलद्वारा ढुङ्गेल र गुप्ताको राजीनामा स्वीकृत
२०८२ भदौ ३० गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलको राजीनामा स्वीकृत गरेका छन् ।
ढुङ्गेलले राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम भदौ २९ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिएका थिए ।
त्यस्तै राष्ट्रपति पौडेलले मधेसी आयोगका सदस्य विजय कुमार गुप्ताले दिएका राजीनामा पनि स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गुप्ताले मधेसी आयोग ऐन, २०७४ को दफा (४) को खण्ड (क) बमोजिम भदौ २९ गतेदेखि लागू हुने गरी आफ्नो पदबाट दिएका थिए ।
२०८२ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








