सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
२०८२ भदौ ३० गते

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको बैठक आज साँझ सिंहदरबारमा सुरु भएको हो ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकमा सरकारले अन्तरिम कार्ययोजना र प्राथमिकताका विषयमा छलफल सुरु गरेको बताइएको छ ।
जेनजी आन्दोलनको चर्को दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको हो ।
कार्की नेतृत्वको सरकारमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । जसमा पूर्वसचिव रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रीको जिम्मेवारी दिइएको छ ।
२०८२ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








