शङ्कर पोखरेलद्वारा एमाले केन्द्रीय कार्यालय अनुगमन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।

महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् ।

उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए ।

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =