नवनियुक्त अर्थमन्त्री खनालको पहिलो निर्णयः ‘टुक्रे आयोजना हटाउने’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

पदभार ग्रहणसँगै मन्त्री खनालले आफूलाई माननीय नबोलाउन आग्रह गर्दै विनम्र शैलीमा मन्तव्य दिएका थिए । उनले भने, ‘मलाई माननीय नभन्नुस्, म तपाईंहरूको सहकर्मी हुँ ।’

आफ्नो कार्यकालको सुरुवातमै उनले एक महत्वपूर्ण निर्णय सुनाए । अबदेखि पूर्व तयारीबिना तथा रणनीतिक योजना नभएका ‘टुक्रे आयोजना’ कार्यान्वयनमा नलिइने उनले घोषणा गरे ।

‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो,’ उनले भने, ‘त्यसकारण खर्च कटौती गर्नुपर्ने आवश्यकता छ, र त्यसकै सुरुवात यस निर्णयबाट भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =