नयाँ सरकारलाई बधाई दिन हतार गर्दैनौँ : रास्वपा
२०८२ भदौ ३० गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकारलाई बधाई दिन हतार नगर्ने जनाएको छ ।
पार्टीले संविधान र लोकतान्त्रिक अभ्यासको रक्षा गर्दै ताजा जनादेशमा जाने बाटो रोज्न सरकारलाई सशर्त कामना मात्र गरेको प्रवक्ता मनिष झाले बताए ।
उनले संविधान अझै बचिरहेको र राष्ट्रिय सभा पनि क्रियाशील अवस्थामा रहेको स्मरण गराउँदै समयमै निर्वाचनमा जानु नै लोकतान्त्रिक अभ्यासको सही दिशा हुने बताए ।
रास्वपाले सुशासनको मुद्दा तथा सार्वजनिक सेवा सुधारलाई आफ्ना प्राथमिक एजेन्डा मानेको उल्लेख गर्दै त्यसप्रति राजनीतिक गम्भीरता आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।
२०८२ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित








