कार्की क्याबिनेटका मन्त्रीको शपथ ११:३० बजे तय, बालुवाटारबाहिर असन्तुष्टिका स्वर

काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषदका सदस्यहरूको शपथग्रहण समारोह आज बिहान ११:३० बजे शीतल निवासमा हुने भएको छ । राष्ट्रपति कार्यालय दिएको जानकारीअनुसार शपथग्रहणका लागि शीतल निवास परिसरमा विशेष तयारी भइरहेको हाे । 

अहिले टेन्ट राख्ने काम धमाधम चलिरहेको छ । गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार तीन जना महत्त्वपूर्ण मन्त्रीहरूको नाम टुंगो लगाएकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् ।

यो पनि : सुदन समूहले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, मध्यरात निवासअगाडि नाराबाजी

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नेछन् भने ऊर्जा मन्त्री कुलमान घिसिङलाई ऊर्जाका अतिरिक्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =