जेनजीका एजेन्डा हामीले ४० महिनाअघि नै रचेको थियौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरूको संयुक्त भर्चुअल बैठक बस्दैछ ।

बैठकमा जेनजी आन्दोलनप्रति पार्टीको सैद्धान्तिक समर्थनलाई स्पष्ट रूपमा दोहोर्याइने तयारी भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनप्रति रास्वपाको स्पष्ट समर्थन रहेको पुष्टि गरेका छन् । ‘हामी यस आन्दोलनका स्टेक होल्डर थियौं,’ उनले भने ।

रास्वपाले नयाँ पुस्ताले गरेको गैरदलिय हस्तक्षेपलाई ऐतिहासिक र आवश्यक उपलब्धिको रूपमा व्याख्या गर्दै त्यसप्रति समर्थन र स्वीकारोक्ति जनाएको छ । पार्टीले यस्ता गतिविधिसँग सैद्धान्तिक एकरूपता रहेको बताएको छ ।

उनका अनुसार जेनजी आन्दोलनले उठाएका कतिपय एजेन्डाहरू रास्वपाले ४० महिना अगाडि नै तयार पारेको वाचा–पत्रमा समेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =