अर्थमन्त्रीको चर्चाबारे स्वर्णिम वाग्लेः ‘अफवाह नफैलाउनुहोस्’
२०८२ भदौ २९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफूलाई सुशीला कार्की नेतृत्वको प्रस्तावित अन्तरिम सरकारको अर्थमन्त्री बनाउने हल्लाप्रति प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत वाग्लेले कुनै पनि रास्वपा नेताको मन्त्री बन्ने दौडमा संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
‘कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्’ वाग्लेले लेखेका छन्, ‘आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ ।’
पछिल्लो समय देशको राजनीतिक संकटसँगै वैकल्पिक अन्तरिम सरकार गठनको चर्चा चलिरहेका बेला वाग्लेलाई सम्भावित अर्थमन्त्रीका रूपमा जोडिएको थियो ।
२०८२ भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित








