जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गरे कडा कारबाही गरिने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेहरूलाई कारबाही गरिने भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आन्दोलनको दौरान लुटिएका सरकारी तथा निजी सम्पत्ति सम्बन्धी सामग्री खरिद तथा बिक्रीमा संलग्नलाई प्रचलित कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको हो ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था लगायतका संरचनामा तोडफोड र लुटपाट भएको थियो । सो क्रममा कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य वस्तुहरू, हातहतियार, नगदसहितका महत्वपूर्ण जिन्सी सामग्री लुटिएको सीआईबीले जनाएको छ ।

ब्यूरोका अनुसार ती लुटिएका सामग्रीहरू विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको छ । यसै सन्दर्भमा ब्यूरोले त्यस्ता वस्तुहरूको खरिद तथा बिक्री नगर्न र नगराउन सार्वजनिक अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =