नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आइतबार साँझ नियुक्ति पत्र प्रदान गरिएको हो ।

भण्डारी नेपालको इतिहासमा महान्यायाधिवक्ताको जिम्मेवारी सम्हाल्ने पहिलो महिला बनेकी छन् । लामो समयदेखि कानुनी क्षेत्रको अभ्यासमा सक्रिय रहँदै आएकी भण्डारी संविधान, मानव अधिकार र न्यायिक सुधारका क्षेत्रमा समेत क्रियाशील रहिएकी छिन् ।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् । यो पदलाई संविधानले संवैधानिक हैसियत दिएको छ ।

यसअघि उक्त पदमा पुरुष अधिवक्ताहरू मात्र नियुक्त हुँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =