लेकसाइड पोखरा शाखाको बैकिङ्ग सेवाहरू नजिकको शाखाबाट लिन सकिने : महालक्ष्मी बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले लेकसाइड पोखरा शाखाको बैकिङ्ग सेवाहरू नजिकको शाखाबाट लिन सकिने जानकारी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बैंकले यस्तो जानकारी दिएको हो ।

उक्त विज्ञप्तिमा उल्लेख छ ‘यस बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरू नजिकको शाखा कार्यालयहरू मार्फत लिन सकिनेछ ।’

साथै बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालयहरू पूर्ण रूपमा सेवा सञ्चालनमा आइसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेको समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =