राक्सिराङमा श्रीमानलाई बाँधेर दुई महिनाकी सुत्केरीमाथि बलात्कार

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार आर्थिक अवस्था कमजोर रहेको परिवारकी करिब २४ वर्षीया महिलालाई एक अपरिचित व्यक्ति घरमै पुगेर बलात्कार गरेका हुन् । ‘पीडित महिलाले आफूमाथि बलात्कार भएको बताएकी छन्,’ अध्यक्ष मल्लले भने, ‘श्रीमानलाई बाँधेर बलात्कार गरिएको जानकारी पाएका छौं ।’

परिवार प्लास्टिकले छाएको अस्थायी छाप्रोमा बस्दै आएको थियो । आर्थिक अभावका कारण खाना समेत पर्याप्त नभएको र सुत्केरी भएपछि गाउँपालिकाले पौष्टिक आहारसहितको सहयोगसमेत गरेको अध्यक्ष मल्लले बताए ।

गाउँपालिकाले पीडित परिवारलाई शनिबार बिहान हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ल्याएको छ । अहिले पीडित महिलालाई महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श दिइएको जानकारी दिइएको छ ।

अध्यक्ष मल्लका अनुसार घटनापछि प्रहरीलाई खबर गर्दा घटनास्थल पुग्न डराएको जनाउँदै उनले भने, ‘घटना भएको ठाउँ एकान्त जंगलमा पर्छ । तर, गाउँ अशान्त थिएन । त्यसैले हामी आफैं पीडित परिवारलाई हेटौंडा ल्याएका हौं ।’

घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =