बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार शनिबार राति काभ्रे जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका दुई किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद गरिएको ७३० राउण्ड गोलीको स्रोत र उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =