प्रमलाई दलाई लामाले बधाई दिएकोप्रति गोकुल बाँस्कोटाको आशंका

काठमाडौं । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिपछि तिब्बती धर्मगुरु दलाई लामाले दिएको बधाई सन्देशले देशको भूराजनीतिक अवस्थालाई लिएर नयाँ बहस छेडिदिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले यसलाई ‘जटिल राजनीतिक, रणनीतिक संकटको बीजारोपण’ भन्दै टिप्पणी गरेका छन् ।

जेनजी आन्दोलनले ओली सरकारको पतनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीको शपथ खुवाएका थिए । त्यसको भोलिपल्टै दलाई लामाले बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासमा नेपालले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।

यसै सन्दर्भमा, बाँस्कोटाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘नयाँ तर उनकै स्पष्ट परिभाषाअनुसार संविधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकनमना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा संकेत दिएको छ । छिमेकीको व्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनीतिक, रणनीतिक संकटको बीजारोपण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =