जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो, १८ जना आगलागी र करेन्टबाट

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । प्रहरीका अनुसार, आन्दोलनमा घाइते भएका थप चार जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या बढेको हो।

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले दिएको जानकारीअनुसार, जेनजी पक्षका २१ जना, ९ जना कैदी र नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनका क्रममा मृत्यु भएको छ। यसका साथै, एकजना भारतीय नागरिकको पनि जेनजी आन्दोलनमा मृत्यु भएको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा भएका आगलागी र करेन्ट लागेर १८ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये कतिपयको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =