रास्वपा अपेक्षा: अन्तरिम सरकारबाट चरम भ्रष्टाचार विरुद्ध कडा कदम चालियोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिमा बाँधिएको असल शासन अनुरूप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदमको अपेक्षा यस अन्तरिम सरकारबाट गरेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै रास्वपाले यस्तो बताएको हो ।

उक्त विज्ञप्तिमा लेखिएको छ ‘फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हक अधिकारको निर्बाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरूप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ ।’

रास्वपाले पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा पनि राखेको बताएको छ।

साथै यी घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा पार्टी स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा दलले सदा सहयोगी भूमिकामा रहने पनि जानकारी दिएको छ ।

भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घर्षशील रहेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले स्मरण गराए ।

यस्तो छ रास्वपाद्वारा जारी विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =