सेनाको नियन्त्रणमा रहेका निवर्तमान केही मन्त्रीहरू घर फर्किए

काठमाडौँ । नेपाली सेनाको नियन्त्रणमा रहेका निवर्तमान केही मन्त्रीहरू आजबाट घर फर्केका छन् ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाका निम्ति भनेर उनीहरूलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरू सेनाको नियन्त्रणमा रहेका थिए । सेनाले उनीहरूलाई विभिन्न गणमा राखिएको थियो ।

त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको छ ।

उक्त समयमा सुरक्षाका लागि भनेर सेनाले उनीहरूलाई मोबाइल चलाउन समेत रोक लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =