दलाई लामाद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई

काठमाडौँ । तिब्बती धार्मिक गुरु दलाई लामाले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् ।

नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा आज लामाले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् ।

गुरु लामाको कार्यालयमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईँलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् । म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’

उनले चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्ने क्रममा सफल हुनुहोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =