नेपाली कांग्रेसले गर्‍यो संसद् विघटनको चर्को विरोध, लोकतान्त्रिक उपलब्धि धरापमा पर्ने चिन्ता

काठमाडौं । नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेको कदमको विरोध गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले यो कदमले नेपालको लोकतान्त्रिक उपलब्धि र ‘जेनजी’ आन्दोलनको मर्ममाथि गम्भीर प्रहार गरेको निष्कर्ष निकालेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, ‘संसद विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सर्वोच्च अदालतको ब्याख्या विपरीत छ, संविधान सम्मत विल्कुल छैन, उनले थपे, ‘यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको  छ ।’

सभापति शेरबहादुर देउवा आन्दोलनकारीको कुटपिटबाट घाइते भई उपचारमा रहेकाले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा ७ प्रदेशका सभापति, मुख्यमन्त्रीहरू र प्रदेश संसदीय दलका नेताहरू आमन्त्रित रूपमा सहभागी थिए । कांग्रेसले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधानका लागि राष्ट्रपतिलाई संवादमार्फत पहलकदमी लिन र ‘जेनजी’ ले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने धारणा सार्वजनिक गरेको थियो । यसरी बदलिएको परिस्थिति बमोजिमको ‘समाधानमुखी सहमति’ लाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट अगाडि बढाउन सकिने कांग्रेसको सुझाव थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको संरक्षक र पालनकर्ताका रूपमा ‘आवश्यकताको सिद्धान्त’ अनुसार जेनजीले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसदबाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने, हाम्रो प्रस्तावले राजनीतिक निकासमा पुर्‍याउने जिम्मेवार प्रस्ताव कांग्रेसले नै प्रस्तुत गरेको थियो ।’

कांग्रेसले आफ्नो प्रस्तावमा सबैको जित र अपनत्व हुने, आन्दोलनकारीको माग अनुसारको प्रधानमन्त्री नियुक्त हुने र संविधानलाई टेकेर समाधान निस्कने अवस्था हुँदाहुँदै ‘सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी’ संविधान विपरीत निर्णयमा पुगेकोमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसले भदौ २३ र २४ मा भएका अप्रिय घटनाहरूको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने र संविधानसभाले निर्माण गरेको संविधान तथा त्यसले लिपिबद्ध गरेका परिवर्तन र उपलब्धिलाई जोगाउनुपर्नेमा जोड दिएको छ । ‘यो अवस्थामा एकातर्फ कसैले उत्तेजना नफैलाओस् र अर्कोतर्फ संवैधानिक रिक्ततामा टेकेर जनताले दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्प्रयास नहोस् भन्नेतर्फ पनि सचेततापूर्वक ध्यान दिनुपर्नेछ,”‘कांग्रेसले भनेको छ, ‘यो गुरुत्तर दायित्व नेपाली कांग्रेससँग अपेक्षित छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =