पोल्याण्डमा ड्रोन घुसपैठ गल्ती हुनसक्छ : ट्रम्प

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डको हवाई क्षेत्रमा रुसी ड्रोन घुसपैठ गल्ती हुनसक्ने चेतावनी दिएका छन् । घटनाप्रति निराशा व्यक्त गर्दै उनले यस्तो बताएका हु्न् ।

ट्रम्पले ह्वाइट हाउसबाट न्यूयोर्क जाँदै गर्दा यो टिप्पणी गरेका छन् । पोल्याण्डले बुधवार रुस र युक्रेन बीच ड्रोन आदानप्रदानको क्रममा रातारात १९ वस्तुहरू आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको थियो । जसमध्ये धेरैलाई प्रत्यक्ष खतरा भएकोले गोली हानी खसालिएको थियो ।

यद्यपि पोल्याण्डले यो घटना नेटो क्षेत्रमाथि रुसी ड्रोन खसालिएको पहिलो रिपोर्ट गरिएको दाबी गरेको छ । मस्कोले आरोपलाई आधारहीन भनेर खारेज गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =