नरेन्द्र मोदीले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, भने- ‘नेपालको प्रगति र समृद्धिको लागि प्रतिबद्ध छु’

काठमाडौं । नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा भारतले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत सुशीला कार्कीलाई शुभकामना दिँदै भारत नेपालको शान्ति, प्रगति र समृद्धिका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो पोस्टमा लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ ।’

भारतले शुक्रबार राति नै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गर्दै यसलाई नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =