संसद विघटनप्रति जनार्दनः ‘प्रमुख नेताहरू जिम्मेवार, इतिहासले मूल्यांकन गर्नेछ’
२०८२ भदौ २८ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले संसद विघटनको जिम्मेवारी राजनीतिक दलका प्रमुख नेताहरूले लिनुपर्ने टिप्पणी गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएर संसद विघटन गरेको केहीबेरमै शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले लेखेका छन्, ‘संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्यांकन गर्नेछ ।’
शर्माको टिप्पणीमा उनले सिधै नाम नलिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नै पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूलाई लक्षित गरेको देखिन्छ ।
२०८२ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








