जेनजीलाई बालेनले भने– ‘तपाईंहरूको योगदान अमूल्य छ’
२०८२ भदौ २७ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा सहभागी भएका सबैलाई शुभकामना र बधाइ दिएका छन् ।
उनले सामाजिक संजालमा लेख्दै परिवर्तनका लागि बलिदान दिने सम्पूर्ण युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले जेनजी युवाको आन्दोलनले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
यस्तो छ उनको स्टाटस
प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।
वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
२०८२ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित








