नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिको शुभकामना– देश बचाउनुस् (भिडिओ)

काठमाडौं । नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले ‘देश बचाउन’ शुभकामना व्यक्त गरेका छन् ।

शीतल निवासमा आयोजित शपथ समारोहपछि फोटो सेसन र औपचारिक बधाई आदान–प्रदानको क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै भने, ‘बधाई छ, धेरै धेरै शुभकामना । देश बचाउनुस् ।’

पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपतिले अन्तरिम सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =