सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने सहमति राजनीतिक दलहरूबीच जुटेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको उच्चस्तरीय छलफलमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति बनेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी आज राति ९ बजे शपथ गराउने तयारी गरेका छन् ।

शपथपछि शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्नेछ। स्रोतका अनुसार उक्त बैठकबाट संसद् विघटनको सिफारिस गरिनेछ, जसअनुसार राष्ट्रपतिले संवैधानिक विशेषाधिकार प्रयोग गर्दै संसद् विघटनको घोषणा गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बढ्दो राजनीतिक दबाबका बीच मंगलबार राजीनामा दिएका थिए । त्यसपछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =