आगजनी भएकै भवनबाट कान्तिपुर टेलिभिजनको नियमित प्रसारण सुरु

काठमाडौँ । कान्तिपुर टेलिभिजनले शुक्रवारदेखि नियमित प्रसारण सुरु गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा तीनकुनेस्थित टेलिभिजनको कार्यालयमा आगजनी भएपछि बन्द भएको प्रसारण आज अपराह्न ४ बजेदेखि सुरु भएको हो ।

हाललाई आगलागीबाट जोगिएको स्टुडियो ३ बाट टेलिभिजनको नियमित प्रसारण थालिएको कान्तिपुरले जनाएको छ ।

जेन–जी प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका साथै थापाथलीमा रहेको कान्तिपुर पब्लिकेसन्सको कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो । जसका कारण ई–कान्तिपुर अनलाइनसमेत अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =