जेन-जी आन्दोलनबाट देशभर विध्वंश : जले सरकारी कार्यालय र नेताका घरहरू

काठमाडौँ । जेन जी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरूको निशानामा देशभर सरकारी कार्यालय तथा प्रतिष्ठानहरू परे ।

देशभर विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडफोड तथा आगजनी भयो । आन्दोलनकै क्रममा युवाहरूले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको घरमा आगजनी तथा तोडफोड गरे । यसै क्रममा धनुषामा पनि विभिन्न नेताका घरमा आगजनी तोडफोड भयो ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरूले एमाले सचिव रघुवीर महासेठको जनकपुरधामस्थित रहेको घरमा आगजनी गरे । आगजनीबाट महासेठको घर पूर्णरुपमा जलेको छ । त्यस्तै काँग्रेस नेता विमलेन्द्र निधीको जनकपुरधामस्थित मिल्स एरियामा रहेको घरमा आगजनी तथा तोडफोड भएको छ ।

जनकपुरधाममै महोत्तरी २(ख)की प्रदेशसभा सदस्य सुरिता साहको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरे । साह चढ्दै आएको गाडीका साथै ३ वटा मोटरसाइकल बाहिर निकालेर प्रदर्शनकारी युवाहरूले आगजनी गरेका थिए ।

काँग्रेस नेता शेषनारायण यादवको पिडारीमा रहेको घरमा समेत आगजनी गरिएको थियो । आगजनीबाट उनको घर पूर्णरुपमा जलेको छ । यता प्रदेशसभा सदस्य रामअशिष यादवको घरमा आन्दोलनकै नाममा लुटपाट समेत भएको छ । लुटपाटकै क्रममा उनको घरमा आगजनी गरिए पनि समयमै निभाइएका कारण घरमा क्षति पुग्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =