लोकतन्त्र र संविधानको रक्षाका लागि बुटवलमा प्रदर्शन

काठमाडौँ । लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ ।

शुक्रवार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म शान्ति र्याली आयोजना गरिएको हो । सेभ द नेशन, सेभ द कन्स्टिट्युशन भन्ने नारासहित प्रदर्शन भएको हो ।

संविधानको रक्षा हुनुपर्ने मागसहित काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबारदेखि प्रदर्शन सुरु हुन थालेको छ । जेन जी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट मुलुक बाहिर निस्किन नपाउँदै पुनः आन्दोलनको भुमरीमा देश जान थालेको छ ।

अन्तरिम सरकार अझै गठन हुन सकेको छैन । यसले आम नागरिकमा अब के हुने हो भन्ने त्रास पैदा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =