सलबलाउन थाले कांग्रेस–एमालेका विद्यार्थी नेता, जेनजीको नाममा सत्याग्रह !

काठमाडौँ । यति बेला नेपालको राजनीति नयाँ शिराबाट अगाडी बढ्दै छ । देशमा अन्य कुनै दुर्घटना नभएमा नेपालले आज अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री पाउँदै छ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ ।

पुराना दलका नेताहरूले सुशासन दिन नसकेको, भ्रष्टाचार मौलाएको, परिवारवाद हाबी भएको र सामाजिक सञ्जाल बन्द गरेको भन्दै जेनजी युवाहरूको आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढल्न पुग्यो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर ओलीसहितका नेताहरू आफ्नो निवास छाडेर सेनाको शरणमा छन् । जेनजी युवाहरू भने आफ्नो नयाँ नेतृत्व छान्नका लागि कसरतमा छन् ।

यसै बेला कांग्रेस–एमालेनिकट विद्यार्थी नेताहरू भने फेरी सलबलाउन थालेका छन् । उनीहरू संविधानको रक्षाका लागि भन्दै विभिन्न गतिविधि गरिरहेका छन् ।

उनीहरू कहिल्यै संविधान रक्षा गर भन्दै सडकमा नारा लगाउँछन् भने कहिल्यै राष्ट्रपतिलाई सार्वजनिक गर, राष्ट्रपतिको सम्बोधनको मागसहित सत्याग्रहमा बसिरहेका छन् ।

नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघका केन्द्रीय सदस्य विनोदराज जोशी र नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुकी नेतृ स्मृति बराल जेनजीको नाममा सत्याग्रह बसेका छन् ।

उनीहरू संविधानको रक्षाका लागि भन्दै सत्याग्रहमा बसेका हुन् । उनीहरू सेनासँग नभई सिँधै राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने अडानमा रहेका छन् ।

राष्ट्रपति पौडेलको काम पनि विज्ञप्ति मात्र सार्वजनिक गर्ने नभई राजनीतिक निकासका लागि वार्ता गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =