अफवाहबाट बच्न र सत्यतथ्य सूचनामा मात्र विश्वास गर्न सेनाको अपिल

काठमाडौं । नेपाली सेनाले जेनजी विद्रोहपछिको परिस्थितिमा उत्पन्न भ्रामक टीकाटिप्पणी, धारणा र विश्लेषणहरूबाट जोगिन आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै अफवाह र गलत सूचनाहरूले समाजमा अनावश्यक त्रास र द्वन्द्व सिर्जना गर्न सक्ने भन्दै सत्यतथ्यमा आधारित सूचनामा मात्र विश्वास गर्न अपिल गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्पूर्ण भ्रामक हो। नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ ।’ यसर्थ, भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न र तथ्यमा आधारित जानकारीका लागि सेनाको आधिकारिक स्रोतहरूलाई मात्र आधार बनाउन अनुरोध गरिएको छ ।

सेनाले सूचना समन्वयका लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायतका स्थानीय स्तरमा रहेका युनिटहरूसँग समन्वय गर्न सकिने व्यवस्था समेत जानकारी गराएको छ । कुनै पनि जानकारीका लागि सिधै जनसम्पर्क तथा सूचना निर्देशनालय (जंगी अड्डा, काठमाडौं) को टेलिफोन नम्बर ०१-४९५७४७१ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

विज्ञप्तिमा सेनाले विभिन्न क्षेत्रहरूमा तोकिएका सम्पर्क व्यक्ति तथा उनीहरूका मोबाइल नम्बरहरू पनि सार्वजनिक गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =