आन्दोलनकारीको माग सम्बोधन गर्न हर प्रयास गर्दैछु : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार विमर्शमा रहेको बताएका छन् ।

एक विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले देशको अहिलेको परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर विचार विमर्शमा रहेको बताएका छन् ।

उनले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गरेका छन्

उने संयततापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =