प्रधानमन्त्री चयनको विषयलाई लिएर जेनजीबीच कुटाकुट
२०८२ भदौ २६ गते

काठमाडौं । प्रधानमन्त्री चयनको विषयलाई लिएर नेपाली सेनाको प्रधान कार्यालयअगाडि जेनजीबीच कुटाकुट भएको छ ।
अन्तरिम सरकार गठनको बहस चुलिँदै जाँदा आन्दोलनमा सहभागी केही समूहबीच शारीरिक झडप भएको हो ।
श्रोतका अनुसार, जेनजीहरुको आन्दोलनमा घुसपैठ गरेका केही युवाबीच अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा वादविवाद चर्किएपछि कुटाकुटको रूप लिएको हो ।
यस विषयमा आन्दोलनरत जेनजी समूहका नेताहरुले आन्तरिक छलफल जारी रहेको बताएका छन् ।
अन्तरिम सरकारको नेतृत्वका लागि नामहरू अगाडि सर्न थालेसँगै आन्दोलनमा रणनीतिक मतभेद देखिन थालेको विश्लेषण गरिएको छ ।
२०८२ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित








