संविधान रक्षार्थ आन्दोलन सुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

काठमाडौं । काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।

काठमाडौंको माइतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरूमा सेनाले गस्ती गरिरहेको छ । साथै सवारी साधनमा हिँड्नेहरूलाई चेकजाँच गरिरहेको छ । उनीहरूलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।

संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरूले आन्दोलन गर्ने समाचारहरू बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरू खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =