रामेछाप कारागारमा गोली चल्यो, दुई कैदीको मृत्यु, १० जना घाइते

रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दीले कारागार तोडेर भाग्न खोज्दा स्थिति नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । गोली लागेर दुई जना कैदीको मृत्यु भएको छ भने एक जना गम्भीरसहित १० जना घाइते भएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, बिहान कैदीबन्दीले विभिन्न ताल्चाहरू फोडेर भाग्ने प्रयास गरेका थिए । पटकपटक सम्झाउँदा र बुझाउँदा पनि अटेर गरी बलजफ्ती निस्कन खोजेपछि तथा कारागारमा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते भएका एक जनासहित अन्य १० जनाको रामेछाप अस्पतालमा उपचार भइरहेको छ। अहिले कारागारको स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रशासनले जनाएको छ।

रामेछाप कारागारमा १६ जना महिला कैदी र ३१८ जना पुरुष कैदी गरी कुल ३३४ जना कैदीबन्दी रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fifteen =