जेनजी आन्दोलनको प्रभाव- त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं । देशभरको विषम परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले पठनपाठन छठ पर्वपछि मात्रै सुरु गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जानकारी गराएको हो । 

त्रिभुवन विश्वविद्यालय, सूचना तथा जनसम्पर्क महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ र नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ ।’

हालै जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न असहज परिस्थितिका कारण देशभरका शैक्षिक संस्थाहरूमा पठनपाठन प्रभावित हुँदै आएको छ । यसै सन्दर्भमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =