सुशीला कार्कीलाई नेतृत्व मान्न बालेन शाह तयार

काठमाडौँ । जेनजी युवाहरूको एक समूहले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई आगामी अन्तरिम सरकारको प्रमुख बनाउने प्रस्ताव अघि सारेका छन् । यस प्रस्तावमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् ।

जेनजी युवाहरूको भर्चुअल बैठकमा कार्कीको नाममा सहमति जुटेको थियो, र त्यसपछि बालेन शाहले पनि यसमा साथ दिएका छन् । बैठकमा, बालेनको नाम पनि सरकार प्रमुखको रूपमा उठेको थियो । तर, बालेन तयार भएनन् ।

बालेन शाहले कार्कीको नाममा समर्थन जनाउँदा, यसले जेन–जी युवाहरूको प्रस्तावलाई थप बल दिएको छ ।

युवाहरूका अनुसार, कार्कीको नेतृत्वले वर्तमान संवेदनशील परिस्थितिमा सरकारको कानुनी र विधिको रक्षा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =