प्रधानसेनापति भेटेपछि दुर्गा प्रसाईँ– जुनसुकै परिस्थितिको लागि तयार छु

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

उनले देशको वर्तमान अवस्था र आगामी चुनौतीहरूका बारेमा गहिरो छलफल गरेका छन् । छलफल पछि प्रसाईँले सार्वजनिक रूपमा आफ्नो दृष्टिकोण पनि सार्वजनिक गरेका छन् ।

उनले आफूमा नेतृत्वको मोह नरहेको बताएका छन् । देशको निकासका लागि जे पद्धति आवश्यक छ, त्यसलाई प्राथमिकता दिने उनले स्पष्ट पारेका छन् ।

‘मलाई नेतृत्वको मोह छैन’ उनले लेखेका छन् ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो ।’

प्रसाईँले जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा सुशीला कार्की जस्ता युवा नेताहरूको नेतृत्व स्विकार्न तयार रहेको पनि बताएका छन् । ‘जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्विकार्न तयार छु,’ उनले भने ।

तर, उनले देशको भविष्यको बारेमा गम्भीर विचार गर्दै भने, ‘कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन । म जुनसुकै परिस्थितिको लागि पनि तयार छु ।’

प्रसाईँले सस्तो राजनीति र टीकाटिप्पणीमा लाग्ने भन्दा अब गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटो खोज्नु आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =