कारागारबाट भागे एमाले नेता टोपबहादुर रायमाझी
२०८२ भदौ २५ गते

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलबाट भागेका छन् ।
रायमाझी बुधवार काठमाडौँको सुन्धारा स्थित भद्र बन्दीगृहबाट भागेका हुन् । उनी जेलबाट भागेर कहाँ गए भन्ने बारेमा विस्तृत जानकारी प्राप्त भएको छैन ।
रायमाझी भागेका घटनाले कारागार प्रशासनमा ठुलो खलबली मच्चाएको छ । रायमाझीसँगै अन्य कैदी पनि भागेको कारागार स्रोतले जनायो ।
स्रोतका अनुसार कतिपय कैदीबन्दीहरूले प्रशासनलाई फोन गरेर आफ्नो अवस्था र फर्कनेबारे जानकारी गराइसकेका छन् । तर रायमाझी भने सम्पर्कमा छैनन् ।
अहिले भद्र बन्दीगृहमा एक सय जना कैदी थुनामा रहेका छन् । तर अन्य कारागारहरूमा तीनदेखि चार सय कैदी बन्दी रहेका छन् ।
२०८२ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








