त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुचारु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पूर्ण रूपमा सुचारु भएको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थलको सञ्चालन पुनः सुरु गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनको विमानस्थल बन्द गरिएको थियो । आन्दोलनका कारण विमानस्थलको सुरक्षा व्यवस्था प्रभावित भएको र यात्रुहरूको आवागमनमा असहजता आएको थियो ।

विमानस्थल प्रशासनले सबै विमान उडान र अवतरण प्रक्रिया सामान्य अवस्थामा फर्काउने जानकारी दिएको छ ।

यात्रुहरूलाई कुनै किसिमको असुविधा नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको पनि बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =