जेनजीले जलाएको गंगा दाहालको घरमा शव फेला

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक व्यक्तिको शव फेला परेको छ ।

मंगलबार भएको जेनजी आन्दोलनको घटनामा प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, घरमा जलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको जानकारी दिइएको छ ।

शवको पहिचान अझै खुल्न सकेको छैन, र घटनाको विस्तृत छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =