योगेश भट्टराईको दशबुँदे मार्गचित्र- खरानीबाट उठेर नयाँ यात्राको आह्वान

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीलाई वर्तमान संकटबाट मुक्त गरी नयाँ दिशा दिनका लागि एक दशबुँदे महत्वपूर्ण सन्देश सार्वजनिक गरेका छन् । जेन-जी आन्दोलनले निम्त्याएको राजनीतिक दबाब र त्यसपछिका घटनाक्रमको पृष्ठभूमिमा उनको दशबुँदे मार्गचित्र आएको हो ।

भट्टराईले सामाजिक सञ्जालमार्फत ‘प्रिय कमरेडहरू, हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौँ’ भन्दै पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले देश र समाज भयानक अस्थिरतामा रहेको तथा सबै तनावमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले सही ठाउँमा नपुर्याउने भन्दै संयमताका साथ अघि बढ्न आह्वान गरेका छन् ।

उनले विकसित घटनाक्रमहरूको राम्रोसँग विश्लेषण गर्न, पार्टीबाट भएका कमजोरीहरूको समीक्षा गर्न र गल्तीप्रति आत्मालोचित हुन जोड दिएका छन् । पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले सावधानीपूर्वक पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले यस कार्यले पार्टी एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले पार्टीलाई थप लोकतान्त्रिक र पारदर्शी बनाउनुपर्नेमा विशेष जोड दिएका छन् । यसका लागि उनले पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गर्नुपर्ने तथा पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =