अराजक गतिविधि रोक्न र स्थिति नियन्त्रणमा लिन परिचालन भयो नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट सेना परिचालन गरेको छ ।

सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न/नगराउन आग्रह सहित सेना परिचालन गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जनाएको थियो ।

सेनाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =