कैलाली कारागार जेनजीको नियन्त्रणमा, सबै कैदी भागे

काठमाडौं । कैलाली कारागारलाई जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।

जेनजी प्रदर्शनकारीले कारागार कब्जा गरेपछि कैदीबन्दीहरू निस्किएर भागेका छन् ।

सयौंको सङ्ख्यामा आएका प्रदर्शनकारीहरूले बन्दी गृहको ताला फुटाएपछि कैदीबन्दीहरू फरार भएका कैलाली कारागारका जेलर प्रकाश ढुङ्गानाले बताए ।

कैलाली कारागारमा ६ सय ६७ जना कैद बन्दी थिए । ती मध्ये कति फरार भए र कति कारागारमै छन् त्यसको यकिन सङ्ख्या आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =